काठमाडौं । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक गाभिएर आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । एकिकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले गरेका छन् । नयाँ बैंकको नाम ओम डेभलपमेन्ट बैंक नै कायम भएको छ ।
मर्जरपछि बैंकको चुक्ता पूँजी एक अर्ब ६६ करोड पुगेको छ । अब बैंकसँग १५ अर्ब ४० करोड निक्षेप, १३ अर्ब ८० करोड ऋण, ४१ शाखा, ३२७ कर्मचारी, करिव दुई लाख निक्षेपकर्ता र साढे २७ हजार मोबाइल बैंकिङका ग्राहक पुगेका छन् ।
सो कार्यक्रममा गभर्नर नेपालले नेपालको वित्तीय क्षेत्रको समग्र अवस्थाको बारेमा बताएका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकको आगामी योजनाका बारेमा जानकारी गराए ।
प्रतिक्रिया