वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भूकम्प पीडित ट्याक्सीको दर्ता सुरु,काठमाडौ लगायतका १४ जिल्लामा सञ्चालन गर्न पाउने

अर्थटुडे
२०७४ असार १२, सोमबार

काठमाडौं । भूकम्प पीडितलाई वितरण गरेको ट्याक्सीको दर्ता प्रक्रिया सुरु भएको छ । यातायात ब्यवस्था विभागले आइतबारदेखि नै भुकम्प पीडितलाई बितरण गरिएको ट्याक्सीको दर्ता प्रक्रिया सुरु गरेको हो ।

बिभागका अनुसार भुकम्प पीडितले पाएको ट्याक्सी अर्को ब्यक्तिको नाममा दर्ता गर्न नदिने समेत स्पष्ट पारेको छ ।
यस अघि बितरण गरिएको ट्याक्सीको नम्बर प्लेट नै दलालमार्फत मोलबढावढमा खरिदबिक्री भएपछि यस पटक सम्बन्धित ब्यक्तिको नाममा मात्र दर्ता गर्ने ब्यवस्था गरेको हो ।

गोलाप्रथाबाट जुन ब्यक्तिलाई ट्याक्सीको नम्बर परेको छ उसको नाममा मात्र दर्ता गरिने यातायात ब्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराइले बताए । उनका अनुसार यस्तो व्यवस्थाले दलाललाई निरुत्साहित गर्छ भने नम्बर प्लेट खरिद विक्रि गर्ने कार्यलाई पनि हतोत्साहित गर्छ ।

विभागले यही असार ७, ८ र ९ गते १४ जिल्लाका भुकम्प पीडितलाई गोलाप्रथाबाट १ हजार ५ सय ट्याक्सी बितरण गरेको थियो । ट्याक्सी पर्ने भुकम्प पीडितलाई आइतबार बाटै दर्ता प्रक्रिया अघि बढाएको छ । बिभागले भुकम्प पीडितलाई ६ महिनाको समयावधि दिएर ट्याक्सी दर्ता प्रक्रिया शुरु गरेको छ । समयाबधिभित्र ट्याक्सी दर्ता गर्न नआएमा त्यो नम्बर प्लेट स्वत खारेज हुने पनि बिभागले जनाएको छ ।

विभागले काठमाडौं तथा भुकम्प पीडित १४ जिल्लाभर संचालन गर्न पाउने गरी रुट इजाजत सहित ट्याक्सी दर्ता शुरु गरेको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा नयाँ ट्याक्सी दर्ता खुला नगर्न आग्रह गरेपनि विभागले सोही क्षेत्रका लागि नयाँ रुट इजाजत सहित दर्ता प्रक्रिया अघि बढाएको हो ।

‘हामीले विशेष गरी काठमाडौंमा संचालनमा लागि रुट इजाजत सहित दर्ता शुरु गरेका छौं,’ भट्टराइले भने, ‘यदि सेवाग्रहीले सम्बन्धित जिल्लामा लगेर चलाउछु भनेमा सोही क्षेत्रका लागि इजाजत दिनेछौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ