वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान हुँदै

अर्थटुडे
२०७४ असार १४, बुधबार

काठमाडौं । दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । विभिन्न ठाउँमा बर्षातका कारण निर्वाचन केही प्रभावित हुने देखिएपनि मतदाता बर्षाको पर्वाह नै नगरी मतदानका लागि ५ बजेदेखि नै लाईनमा बसेका छन ।

आज प्रदेश नं। १, ५ र ७ मा निर्वाचन हुँदैछ । ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् ।यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्रको व्यबस्था गरिएको छ ।

मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ । स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ