काठमाडौँ । मेगा बैंकले ६५ प्रतिशत हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि पुगेको छ । यसअघि नै बैंकले साधारणसभाबाट आफ्ना सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको थियो ।
सोही बमोजिम बैंकले छिट्टै प्रतिसेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रद सेयर जारी गर्नका लागि बैंकले यसअघि नै नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । हकप्रद सेयर निस्कासन गरेपछि मेगा बैंकको चुक्तापुँजी साँढे ७ अर्ब भन्दा बढी पुग्नेछ । यसैगरी, चालु आर्थिक बर्षको मुनाफा र हकप्रद सेयरबाट चुक्ता पुँजी ८ अर्ब भन्दा बढी पुग्ने बैंकले जनाएको छ ।
मेगा बैंकको साधारण सभाले बोनस शेयरका लागि लाग्ने कर समेत गरी १३.९५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो । सोही अनुसार, मेगा बैंकका शेयरधनीहरुले १३.२५ प्रतिशत बोनस शेयर र त्यसको करका लागि प्रतिशेयर ०.७० प्रतिशत नगद लाभांश प्राप्त गरिससकेका छन् ।
प्रतिक्रिया