वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्याप्सनका सचिव महर्जनलाई आफ्नै सुरक्षा गार्डले कुटेपछि…………………

अर्थटुडे
२०७४ असार २०, मंगलवार

काठमाडौं । निजी विद्यालयहरुको छाला संगठन (प्याप्सन)का सचिव राजकुमार महर्जनलाई आफ्नै विद्यालयका सुरक्षा गार्डले हातपात गरेका छन् । महर्जन प्रधानाध्यापक रहेको माउन्ट भ्यु इग्लिस बोर्डिङ स्कुलका सुरक्षा गार्डले शुक्रबार राती महर्जनलाई एक साथि समेत ल्याएर हातपात गरेका हुन् ।

शुक्रबार राती करिव १० बजेतिर सुरक्षा गार्डले मादक पदार्थ सेवन गरीे साथिलाई समेत ल्याएर विद्यालय तोडफोड गर्न लागेपछि स्थानीय बासिन्दाले महर्जनलाई फोन गरी जानकारी दिएका थिए । आफ्नो विद्यालय तोडफोड हुन लागेको जानकारी पाएपछि एक्लै बिद्यालयमा आएका महर्जनलाई सुरक्षा गार्ड र उनका साथि मिलेर हातपात गरेका थिए ।
करिव पन्ध्र मिनेट सम्म झगडा परेपछि स्थानीय बासिन्दा जम्मा भएर सुरक्षा गार्ड र उनका साथिलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको महर्जनले बताए ।

सचिब महर्जनका अनुसार अहिले सुरक्षा गाडलाई छोडिएपनि उनका साथिको भने खोजी कार्य भइरहेको छ ।
सचिव महर्जनले आफू आफ्नै विद्यालयमा राखिएको सुरक्षा गार्डबाट असुरक्षित महसुस भएको बताए । उनले आफूहरुले कान्ति सेक्युरिटिजबाट सुरक्षा गार्ड मगाएकोले सबै जिम्मा सोही सेक्यिरिटिजको हुने पनि जानकारी दिए ।

कान्ति सेक्युरिटीजका सुपरभाइजर भिम पौडेलले आफ्नो कम्पनीले पठाएको सुरक्षा गार्डबाट गल्ती भएको भन्दै हामीले गार्डलाई माफी माग्न लगाएको र उसको साथिको खोजी भइरहेको बताए । उनले आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिन पनि अफू र आफ्नो कमपनी सचेत रहेको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ