वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महालक्ष्मी विकास बैंकका अध्यक्षद्धारा सपथग्रहण

अर्थटुडे
२०७४ असार २१, बुधबार

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । हालै लागु भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण गर्नु पर्ने व्यवस्था रहेको छ ।

साविकको यति डेभलपमेन्ट बैंक लिमिटेड तथा महालक्ष्मी विकास बैंक लिमिटेड एक आपसमा गाभिए पश्चात बनेको राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंक लिमिटेडमा नयां संचालक समितिको गठन भएको हो ।

मर्जरपछि ६५ वटा शाखाबाट ३ लाख ६४ हजार ग्राहकलाई सेवा दिइरहेको बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड, २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ