काठमाडौं । सेती फाइनान्स सेञ्चुरी कमर्सियल बैंकमा गाभिने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ ।
सेञ्चुरीमा यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई गाभिइसकेका छन् भने सगरमाथा फाइनान्सलाई पनि प्राप्ति गर्ने काम अघि बढीसकेको छ ।
यसैगरी अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न एलओआई प्राप्त गरी बैंकले प्रक्रिया अगाडि बढाएको छ ।
सबै संस्था गाभिएपश्चात् बैंकको कुल शाखा संख्या ९० वटा हुनेछ । बैंकले हालसम्म ५३ वटा शाखा, ३३ वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ काउन्टर र ५ वटा एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया