काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक नेपालको सबैभन्दा बढी चुक्तापुँजी भएको बैंक हुन पुगेको छ । इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंक विलय गराएपछि बैंकको चुक्तापुँजी ९ अर्ब २४ करोडको हाराहारीमा पुगेको छ ।
इन्भेष्टभेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई विलय गराएपछि असार २९ गतेबाट एकीकृत कारोबार सुरु गर्ने बैंकले जनाएको छ । इन्भेष्टमेन्टले एस डेभलपमेण्टलाई सय कित्ता बराबर ४१ कित्ता सेयर दिएर आफूमा विलय गराएको थियो ।
बैंकले गत वर्ष एफपीओ जारी गरी चुक्तापुँजी ७ अर्ब २५ करोड रुपैयाँ पुर्याएको थियो । त्यसपछि ईन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । त्यस यता बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी आठ अर्ब ७५ करोड पुर्याएको थियो ।
नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्त सम्ममा ८ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । इन्भेष्टमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको पुँजी भन्दा पनि बढी पुर्याएको छ । एस डेभलपमेन्टसँग एकीकृत कारोबार थालेपछि बैंकको शाखा ५९ पुग्नेछ भने ९६ वटा एटीएम हुने छ ।
प्रतिक्रिया