काठमाडौं । ग्लोबल आइएमई बैकले रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरी आइतबारबाट एकीकृत कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अनुमति दिएपछि बैंकले आइतबार एकीकृत कारोबार गर्ने मिति तोकेको हो ।
यसअघि असार ९ गते सम्पन्न दुवै बैंकको विशेष साधारण सभाले ग्लोबलले रिलायबललाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो ।
एक्वायरमा रिलायबलका लगानीकर्ताले १०० कित्ता बराबर ग्लोबलको ८२.९० कित्ता सेयर पाउने स्वाप रेसियो तोकिएको छ ।
राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउने समय सकिदै गर्दा बैंक तथा वित्तीय संस्थाबिच मर्जर र एक्वायको चटारो चलिरहेको छ ।
प्रतिक्रिया