काठमाडौं । देशभरका सहकारी संघ संस्थाहरुको एक मात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं स्थापना दिवसको अवसरमा शनिवार रक्तदान गरिएको छ ।
असार २५ गते स्थापना भएको बैंकले स्थापना दिवसको सन्दर्भ पारेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा ललितपुरको सहयोगमा आयोजना गरिएको कार्यक्रममा बैंकका पदाधिकारी, सञ्चालक, कर्मचारी लगायत सहकारीकर्मीहरुले रक्तदान गरेका हुन् ।
बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले रक्तदान गरेर शुभारम्भ गरिएको कार्यक्रममा प्रमुख अतिथि सांसद पशुपति चौलागाईले सहकारी बैंकले वित्तीय सेवाका साथै मानवीय सेवामा समेत समर्पित गरेर सहकारी अभियानलाई थप सवल बनाउन मद्दत गरेको बताए ।
उनले सहकारी मार्फत दीगो आर्थिक विकासका लागि यसका सकारात्मक पक्षहरुलाई आम जनता र राज्य सञ्चालकहरुबीचमा पु¥याउन आवश्यक रहेको धारणा राखे । २०६० साल असार २५ गते सहकारी विभागमा दर्ता भएको दिनलाई स्थापना दिवसका रुपमा मनाउदै आएको राष्ट्रिय सहकारी बैंकले यस वर्ष १५ औं स्थापना दिवसका अवसरमा रक्तदानका साथै सहकारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
देशभरका ९ हजार २ सय सहकारी संघ संस्था सदस्य रहेको राष्ट्रिय सहकारी बंैंकमा ८३ करोड शेयर रकम, करिब १२ अर्ब वचत, साढे ८ अर्ब लगानी रहेको छ । ३७ वटा शाखा मार्फत राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुको वचत संकलन, कर्जा लगानी, बैंक जमानत, रेमिट्यान्स, रिचार्ज, सहकारी सम्बन्धी वकालत, जोखिम न्यूनिकरण, सहकारी शिक्षा तथा तालिम लगायतका काम गर्दै आइरहेको छ ।
सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणमा क्रियाशिल सहकारी बैंक नेपालको सहकारी अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी संघ लगायत अन्तर्रा्ष्ट्रिय सहकारी सहकारी महासंघ, एशियाली ऋण महासंघ, नेडाक, सिक्ट्याव, अप्राका लगायतका अन्तर्रा्ष्ट्रिय निकायको सदस्य रहेको छ ।
प्रतिक्रिया