वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी बैंकले सुरु गर्यो एसएमएस र मोवाईल बैंकिङ

अर्थटुडे
२०७४ असार २५, आईतवार

काठमाडौं । सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक १५ औं वर्षमा प्रवेश गरेको छ । बैंकले स्थापना दिवसको अवसर पारेर सोमबारबाट अन्तरबैंक भुक्तानी प्रणालीका साथै एसएमएस र मोवाईल बैंकिङ सेवा संचालनमा ल्याएको छ । सोमबार काठमाडौंमाण् आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव प्रसाद बडालले उक्त सेवाको उद्घाटन गरे ।

२०६० असार २५ गते सहकारी विभागमा दर्ता भएको बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सिमिति बैंकिङ कारोबारको अनुमति पाएको हो । सहकारी संघसंस्थासँग मात्र कारोबार गर्ने अनुमति पाएको बैंकमा सरकारको समेत १ करोड सेयर रहेको छ ।

बैंकमा हाल ९ हजार भन्दा बढी सहकारी संस्था सदस्य रहेको र सेयर पुँजी ८४ करोड रहेको छ । यसैगरी हालसम्म ११ अर्व ९९ करोड निक्षेप संकलन गरी ८ अर्व ४३ करोड कर्जा लगानी गरेको बैंकका प्रवन्ध संचालक केवी उप्रेतीले जानकारी दिए ।

दिगो सहकारी विकासका लागि वित्तीय समावेशिता भन्ने परिकल्पनाका साथ अघि बढेको बैंकले प्रतिस्पर्धात्मक बैंकिङ र वित्तीय सेवा प्रदान गर्ने, सहकारी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने, सुशासन कायम गर्ने र आधुनिक प्रविधिको प्रयोग गराउने लक्ष्य लिएको छ ।

बैंकले सहकारी संस्थाहरुलाई थोक कर्जाका अतिरिक्त उनीहरुको दक्षता र क्षमता अभिविद्धिका लागि विभिन्न कार्यक्रम समेत संचालक गरिरहेका जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ