वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खाजा खर्च कटाएर आविश्कार केन्द्रलाई सहयोग

अर्थटुडे
२०७४ असार २७, मंगलवार

काठमाडौ । युनिभर्सल कलेज प्रिपरेटरी स्कूल, टुँडालदेवी, बालुवाटारले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग स्वरूप रु २१ हजार प्रदान गरेको छ । विद्यार्थी र शिक्षकहरुले आफ्नो एक दिनको खाजा वापतको रकम जम्मा गरेर सो रकम उक्त केन्द्रलाई सहयोग गरिएको बिद्यालयका प्राज्ञिक संयोजक खेमनाथ पौडेलले जानकारी दिए ।

आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत देशलाई अघि बढाउन उत्प्रेरक भूमिका खेल्ने ब्यक्तित्वलाई विद्यार्थीसँग साक्षात्कारका लागि आमन्त्रण गर्ने कार्यक्रम अन्तर्गत पश्चिम नेपालका दुर्गम हिमाली भेगमा ताररहित इन्टरनेट प्रणाली संचालन गर्ने म्यागसेसे पुरस्कार बिजेता सामाजिक अभियन्ता महावीर पुनलाई आमन्त्रण गरिएको र सोही दिन उक्त रकम हस्तान्तरण गरिएको थियो ।

अन्तरक्रियाको क्रममा पुनले राष्ट्रिय आविष्कार केन्द्रको बारेमा बिद्यार्थीहरुलाई जानकारी दिए । उनले सो अन्तरक्रियामा भन्नुभयो “विद्यार्थी भाईबहिनीहरु देशका कर्णधार भएकोले देशको युवा आविश्कार केन्द्रका बारेमा बुझ्नुपर्ने बताए ।

“समाज र राष्ट्र प्रति सबै देशवासिको केही न केही उत्तरदायित्व रहन्छ भन्दै बिद्यालयका प्रिन्सिपल गोविन्द शर्माले देशमा बढीभन्दा बढी युवा वैज्ञानिकहरु उत्पादनमा पुनको आविश्कार केन्द्र अभियान सफल बनोस भनी कामना गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ