वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एशिया बैंक २० औं वर्षमा

अर्थटुडे
२०७४ श्रावण ४, बुधबार

काठमाडौं । एनआईसी एशिया बैंक २० औं वर्षमा प्रवेश गरेको छ । २०५५ साउन ५ गते क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बैंकबाट सुरु भएको कम्पनी २०६४ असोज २ मा स्थापित तत्कालीन बैंक अफ एशियासँग गाभिएर सेवा प्रदान गर्दै आएको छ ।

बैंकले हाल ११९ शाखा, ४ विस्तारित काउण्टर, ७० एटीएम तथा ४ हजार रेमिट्यान्स काउण्टरबाट सेवा दिइरहेको छ ।
बैंकले चालु आर्थिक वर्ष भित्र २०० भन्दा बढी शाखा, एटीएम ४०० भन्दा बढी, शाखा रहित बैंकिङ्ग, २०० भन्दा बढी, पिओएस, २ हजार भन्दा बढी तथा रेमिट्यान्स एजेन्ट संख्या १० हजार भन्दा बढी पुर्याउने जनाएको छ ।

बैंकले आफ्नो व्यवसाय विविधिकरण गर्ने उद्देश्यले बचत खाता, खुद्राकर्जा तथा साना–मझौला व्यवसायिक कर्जा विस्तारमा विषेश रणनीति लिएको छ । यसै क्रममा इन्टरनेटको माध्यमबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रक्रियाबारे जानकारी लिन सकिने सुविधा समेत सुरु गरेको छ ।

सेवाको बिसौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निक्षेप तथाकर्जा तर्फ विशेष सेवाहरु चाँडै नै ग्राहकवर्ग समक्ष ल्याउने तयारी समेत भैरहेको बैंकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ