काठमाडौं । गोर्खाज फाइनान्सले साढे १० लाख कित्ता सेयर लिलामी गर्ने भएको छ । फाइनान्सले हालै जारी गरेको हकप्रद निश्कासनमा बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।
कम्पनीको ९ लाख ७९३ कित्ता संस्थापक सेयर र १ लाख ५४ हजार ३९६ कित्ता साधारण सेयर लिलामीमा राखेको निश्कासन तथा बिक्री प्रवन्धक एनआइबिएल क्यापिटलले जनाएको छ ।
उक्त सेयरका लागि साउन १० गते आवेदन खुल्ला भई १९ गते बन्द हुनेछ ।
प्रतिक्रिया