वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्रीले निजी क्षेत्रका व्यवसायीलाई भने : समस्या छ भने म हटाइदिन्छु, उत्पादन बढाउनेतर्फ लाग्नुहोस्

अर्थटुडे
२०७४ श्रावण १६, सोमबार

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजी क्षेत्रका व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न आफु तयार रहेको बताएका छन् । आर्थिक विकासका लागि निजी क्षेत्रको लगानीको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले उत्पादन बढाउनेतर्फ लगानी केन्द्रीत गर्न आग्रह गरे ।

“तपाईहरुका कुनै समस्या छन् भने समाधान गर्न म तयार छु” नेपाल चेम्वर अफ कमर्सले  विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रबारे सोबार गरेको छलफलमा अर्थमन्त्री कार्कीले भने, “व्यापार घाटा कम गर्नका लागि आन्तरिक उत्पादन वृद्धि हुनेगरी लगानी गर्नुहोस् ।” गत आर्थिक वर्षमा ६.९ प्रतिशतको आर्थिक बृद्धि भएको स्मरण गर्दै यो वर्ष यसलाई ७.२ प्रतिशत पुयाउने लक्ष्य रहेको उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले सफल स्थानीय निकायको निर्वाचनसँंगै सवैमा खुशी छाए पनि व्यापारीहरुमा भने दोहोर मारमा पर्ने हो कि भन्ने चिन्ता छाएको बताए । स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने माग गरे । उनले उजुरीको आधारमा नभई प्रमाणित भएपछि मात्रै व्यापारीमाथि कारबाही चलाउन अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ