काठमाडौं । माछापुच्छ्रे बैंकपनि अर्बपति क्लवमा उक्लिएको छ । बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३० करोड रुपैययाँ खुद नाफा कमाएर अर्बपति क्लवमा उक्लिएको हो । यो नाफा अघिल्लो बर्षको तुलनामा ४४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक बर्षमा ८९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकको गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुई अर्ब ३२ करोड रुपैयाँ गरेको छ भने खराब कर्जा ०.३७ प्रतिशत रहेको छ । बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ रहेको छ । बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्षको भन्दा बढेर १७.४८ प्रतिशतमा पुगेको छ । अघिल्लो आर्थिक बर्षमा पुँजीकोष अनुपात १२.२३ प्रतिशत रहेको थियो ।
बैंकले गत आर्थिक बर्षमा ५८ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरि ५१ अर्ब ८६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकले गत आर्थिक बर्षमा ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पूँजीबाट बढाएर छ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । बैंकको गत आर्थिक बर्ष जगेडा कोषमा दुई अर्ब ५१ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रतिक्रिया