काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बाढीपहिरो प्रभावितका लागि एक करोड रुपैयाँको सहयोग गर्ने भएको छ । बैंकले सो रकम बराबरको नगद र जिन्सी सहयोग गर्ने घोषणा गरेको हो । महासंघको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले राहत संकलनका लागि महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल गठन गरिएको छ ।
त्यस्तै महासंघको तर्फबाट १० लाख रुपैयाँ, नेपाल औषधि उत्पादक संघको तर्फबाट ५० लाख नगद वरावरको औषधी, नेपाली यूवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर गुपको तर्फबाट नगद तथा जिन्सी गरी पाँच लाख, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख रुपैयाँ नगद र अन्य संघ संस्थाबाट १० लाख रुपैयाँ सहयोगको घोषणा भएको हो ।
बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ फण्ड खाता समेत संचालनमा ल्याएको छ । एफएनसीसीआई रिलिफ फण्ड खाता नम्बर ०१२५०००००६३५ खातामा सहयोग गर्न पनि महासंघले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।
प्रतिक्रिया