वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्मचारी संगठनको काम भाषण गर्ने होइन–मन्त्री शाही

अर्थटुडे
२०७४ भाद्र १, बिहीबार

काठमाडौं । ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले बिद्युत प्राधिकरणका ट्रेड युनियन कर्मचारी संगठनका नेताहरुलाई भाषणमा भन्दा काममा ध्यान दिन निर्देशन दिएका छन् । सार्वजनिक संस्थानमा ट्रेड युनियनका कर्मचारीहरु काम नगरी भाषण गर्न मात्र अगाडी सरेको बताउँदै उनले कर्मचारी संगठनहरुले भाषणमा भन्दा काममा बढी ध्यान दिन निर्देशन दिएका हुन् ।

विहिबार नेपाल बिद्युत प्राधिकरणको ३२ औ बार्षिकोत्सबका अवसरमा बोल्दै उर्जामन्त्री शाहीले कर्मचारी संगठनका मानिसहरुले सीमाभित्र रहेर आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्ने पनि बताए । मन्त्री शाहीले ट्रेड युनियनले संस्था सुधार तथा कर्मचारी हकहितका विषयमात्र उठाउनुपर्नेमा ‘नेतादेखि मन्त्रीसम्म चाकडी गर्ने, सरुवा बढुवामा चासो लिने र आयोजना निर्माणमा दख्खल दिने काम गर्छन् यो उनीहरुको होइन ’उनले बताए । उनले भने, ‘नियमभन्दा बाहिर गएर काम गरे यस्ता संगठनहरु खारेज हुनेछन् ।’

त्यस्तै उनले कर्मचारी युनियनको दवावमा कुनै नराम्रो काम नगर्ने भिष्म प्रतिज्ञा गरेको सुनाउँदै उर्जा मन्त्रालयमा दलालाई प्रबेश निषेध गरिएको पनि बताए । देशको नेतृत्व गर्ने जिम्मा कर्मचारीको नभएर नेताहरुको भएको र यदी नेता बन्न मन लागे जागिर छोडेर राजनीतिमा आउन पनि मन्त्री शाहीले आग्रह गरे ।

‘संगठनले संस्थामा विकृति भित्को आरोप लाग्ने गरेको छ । कर्मचारीको हितका लागि संगठन आवश्यक रहेकोमा मैले जोड दिएको छुु,’ संविधान संशोधनका क्रममा सार्वजनिक संस्थानमा ट्रेड युनियन संगठन राख्न नपाइने विषय उठेको उल्लेख गर्दै उनले भने, ‘तर, गलत काम गरिरहने हो भने संगठनहरू नरहन सक्छन् ।’

प्राधिकरण व्यवस्थापन तथा मन्त्रीलाई समेत दबाब दिने गरी ठूला नेताको पहुँचमा सरुवा बढुवामा चासो नलिन पनि मन्त्री शाहीले ट्रेड युनियन संगठनका अधिकारीलाई चेतावनी दिए । यसरी दबाब दिने क्रियाकलाप भए त्यस्ता कर्मचारीलाई दुर्गम तथा हिमाली भेगमा सरुवा गरिने बताए ।

समस्यामा फसेका आयोजना निर्माणमा सहजिकरण गर्नुपर्ने तर संस्थाको नाफा घाटाको खोजी गर्ने अधिकार पनि टे«ड युनियन संगठनलाई नरहेकोमा उनले जोड दिए । ‘नियमावलीमा जे लेखिएको हुन्छ, संगठनले त्यही गर्नुपर्छ,’ उनले भने, ‘यो नियम मन्त्रीमा पनि लागू हुन्छ ।’

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ