वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसि एसिया बैंकको ‘डबल डिपोजिट स्किम’, ९ वर्षमा दोब्बर हुने

अर्थटुडे
२०७४ भाद्र १, बिहीबार

काठमाडौं । एनआईसि एसिया बैंकले डबल डिपोजिट नामक नयाँ निक्षेप योजना सुरु गरेको छ । न्यूनतम एक लाख रुपैयाँमा खाता खोल्न सकिने यो योजनामा सहभागी भएको ९ वर्षे अवधिमा दोब्बर भुक्तानी हुने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्ताले भने १० वर्षमा मात्र दोब्बर भुक्तानी पाउनेछ । नियमअनुसार लाग्ने व्याज आम्दानीमा कर कटौती गरेर दोब्बर भुक्तानी हुने बैंकले बताएको छ ।

योजनामा सहभागी हुने ग्राहकलाई निक्षेपमा थपघट हुन सक्ने व्याजदरबाट कुन असर नपर्ने बैंकले बताएको छ ।
बैंकले हाल ११९ वटा शाखा र ४ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिईरहेको छ । बैंकले आर्थिक वर्ष २०७३\७४ को नाफाबाट २०% वोनस सेयर र कर प्रयोजनार्थ १.०५% नगद लाभांस प्रदान गर्ने प्रस्ताव समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ