वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाढीपिडितको उद्धारका लागि सहकारी बैंकद्धारा १० लाख सहयोग

अर्थटुडे
२०७४ भाद्र ७, बुधबार

काठमाडौं । बाढीपिढिको उद्धारका लागि राष्ट्रिय सहकारी बैंकले कर्मचारीको तलव कट्टीे रकम सहित पहिलो चरणमा १० लाख ६२ हजार ७ सय ६१ रुपैयाँ सहयोग गरेको छ । बैंकले सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई भटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको छ । पिडितहरुलाई थप सहयोग गर्न राहत संकलन कार्य सहकारी बैंक मार्फत भईरहेको पनि बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतिले जानकारी दिए ।

उप्रेतिले बाढीपिडितलाई सहयोग गर्न इच्छुक सदस्य सहकारी संघ संस्थाहरु तथा सहकारीकर्मीहरुले राष्ट्रिय सहकारी बैंकको सम्पूर्ण शाखा कार्यालयमा रहेको खाता नं १८०००६८० मा सहयोग रकम जम्मा गर्न पनि अनुरोध गरेका छन् ।

साथै संकलित सहयोगको विवरण पत्रपत्रिकामा प्रकाशित गरीने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ