वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नबिल बैंकले ४८ प्रतिशत लाभांस दिने

अर्थटुडे
२०७४ भाद्र ११, आईतवार

काठमाडौं । नबिल बैंकले ४८ प्रतिशत लामांस दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सो लाभांस दिने निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट ३० बोनस सेयर र १८ नगद लाभांश दिने भएको छ । सो लाभांस सेयरधनीहरुले पाउनका लागि सञ्चालक समितिले आफ्नोे निर्णयलाई आगामी वार्षिक साधारण सभाबाट पारित गरी राष्ट्र बैंकबाट अनुमोदन हुनुपर्छ ।

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले बोनस सेयर दिएर राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्तापुँजी पुर्याउने लक्ष्य राखेको छ । बैंकको हालको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ