वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिहारपछि ग्यास अभाव हुन्छः अध्यक्ष घिमिरे

अर्थटुडे
२०७४ भाद्र १२, सोमबार

काठमाडौं । सरकारको लाचारीका कारण नेपालमा तिहारपछि खाना पकाउने ग्यासमा नाकाबन्दी हुन सक्ने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिबप्रसाद घिमिरेले बताएका छन् । उनले भारतको रबैया र सरकारको लाचारीका कारण नेपालमा फेरी पनि नाकाबन्दी हुन सक्ने देखिएको बताएका हुन् ।

उनका अनुसार नेपाली उद्योगीहरुले नोभेम्बरदेखि नेपालमा भारतीय नम्बर प्लेटको खाना पकाउने ग्यासका बुलेट चल्न दिदैनन् भने नेपाली नम्बर प्लेटका बुलेटलाई भारतमा प्रबेश गर्न रोक लगाएको छ ।

भारतले कानुनी जटिलताका कारण नेपालका ग्यास बुलेटहरुलाई भारतमा प्रबेश गर्न नदिने र कानुनी परिमार्जनका लागि समय लाग्ने बताइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतसरकारसँग नेपाली बुलेटका विषयमा छलफल हुने जानकारी उद्योग बाणिज्य महासंघलाई दिइएको थियो । तर सो विषयमा प्रधानमन्त्रीको भ्रमणमा उच्च तहमा कुनैपनि छलफल भएन ।

प्रधानमन्त्रीको भारत भ्रमणमा समस्या समाधान नभएकाले अब नेपाली व्यवसायीहरुको अर्बौ लगानी डुव्ने छ सो जोगाउका लागि पनि नेपाली उद्योगीहरुले भारतीय नम्बर प्लेटका बुलेटहरुलाई नेपालमा पस्न रोक लगाउने घिमिरेले बताए ।

हाल भारतका विभिन्न सहरमा विषेश सतर्कताका साथ बनाउन दिइएको ७ सय ७५ नेपाली बुलेटको साढे ५ अर्ब रुपैयाँ जोखिममा परेको छ । यौटा बुलेट निर्माण गर्नका लागि ७० लाख रुपैयाँ लाग्छ । हालसम्म ४०० बुलेट तयार भइसकेको र ३७५ को निर्माण पनि अन्तिम चरणमा पुगेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

भारतीय एक्सप्लोसिभ बिभागले नेपाली नम्बरलेटको बुलेट भारतको हरियाणा, राजापुर बढोदा, पुणे, र दिल्लीमा अलपत्र परेका छन् । अध्यक्ष घिमिरेले सरकार तथा सरकारका सचिव सबैलाई हामीले भ्रमणभन्दा पहिला पनि जाकारी दिइसकेको बताए । तर अन्तिम समयमा अप्ठ्यारो नपरेसम्म काम नगर्ने नेपाली कर्मचारी तथा नेता अनि भारतको पनि रबैयाले नेपाली नागरिकले फेरी खाना पकाउने ग्यासको नाकाबन्दी बेहोर्नुपर्ने स्थिति सिर्जना हुने देखिन्छ ।

दैनिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ