वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लायन्स क्लव काठमाडौ संबृद्धिले बाढीपिडितलाई तीन लाख बराबरको राहत सामग्री बाड्यो

अर्थटुडे
२०७४ भाद्र १२, सोमबार

काठमाडौं । द एसोसिएसन अफ लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५८२ नेपाल अन्तर्गतको लायन्स क्लव काठमाडौं संबृद्धिले बाढीपिडितका लागि तीन लाख बराबरको राहत सामग्री वितरण गरेको छ । क्लवले सप्तरीको गोवरगौडाका बाढीपिडितहरुलाई चामल चिउरा, झुल र लत्ता कपडा गरी तीनलाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो ।

क्लवकासंस्थापक अध्यक्ष शम्भुबहादुर थापा एमजेएफले अन्य स्थानमा जसरी गोवरगौडामा भने कुनैपनि संघ संस्था वा सरकारले राहत नपुर्याएकोले आफूहरुले सो स्थानका बासिन्दालाई राहत वितरण गरेको जानकारी दिए । उनले सो स्थानमा राहत पुर्याउनका लागि स्थानीय सञ्चारकर्मी मिथिलेस यादवले ठूलो सहयोग गरेको जाकारी दिदै आफ्नो क्लवले एक सय घरधुरीलाई राहत सामग्री वितरण गरेको बताए ।

थापाले प्रति घर परिवार २० केजी चामल एक बटा झुल र चार केजी चिउरा वितरण गरेको छ भने प्रत्येक व्यक्तिलार्य पुग्ने गरी एक लाख बराबरको नयाँ लत्ता कपडा पनि वितरण गरेको जानकारी दिए ।

नेपालको सबैभन्दा ठूलो क्लवको रुपमा रहेको यस क्लवले यस अघि २०७२ सालको भूकम्पका बेलामा पनि देशका विभिन्न स्थानमा गएर राहत बाढेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ