काठमाडौं । सरकारले बजेटमा गरेको घोषणा अनुसार प्रस्तावित नेपाल इस्फ्रास्ट्रक्चर बैंकले दर्ताका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गरेको छ । बैंकका अध्यक्ष डा. विमल कोइरालाले राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीलाई प्रस्तावित बैंकको आवश्यक कागजातहरु हस्तान्तरण गरे । २० अर्व चुक्ता पुँजी रहेको बैंकमा सरकारकोे १० प्रतिशत सहित संस्थापक समूहमा ६० प्रतिशत र सर्व–साधारण समुहमा ४० प्रतिशत शेयर रहेको छ ।
हाल संस्थापक समुहमा विभिन्न बैंक तथा बिमा कम्पनीहरु लगायत प्रतिष्ठित उद्योगी व्यापारीहरुको संलग्नता रहेको छ । विदेशी बैंक तथा वित्तिय संस्थाहरुलाई समेत लगानी गर्न अनुकुल हुने गरी बैंक स्थापनाको निवेदन दर्ता गरिएको छ ।
प्रस्तावित बैंकको सञ्चालक समितिमा नेपाल सरकार समेतको प्रतिनिधि सहित ७ जना सञ्चालक रहने व्यवस्था मिलाईएको छ । प्रस्तावित नेपाल इस्फ्रास्टक्«चर बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह गर्र्नेे, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने काम गर्नेछ ।
यसैगरी राष्ट्र बैंकको स्वीकृति लिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न प्रकारका स्वदेशी तथा विदेशी मुद«ामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने, लिजिङ्ग कारोबार गर्ने मुख्य उद्देश्य रहेको छ ।
प्रतिक्रिया