काठमाडौं । मनिग्रामले दशैंको उत्सवमा आफ्ना ग्राहकहरुलाई कारोवारको दोब्बर रकम जित्न सक्ने मौका प्रदान गर्ने भएको छ । यो दूई महिने विशेष कार्यक्रम देश भरी लागु हुनेछ र यसले ग्राहकहरुले आफ्ना प्रियजनलाई दोब्बर रकम जिताउन सक्ने अवसर दिने भएको छ ।
यो कार्यक्रम अवधिभर मनिग्राम मार्फत कारोवार गर्ने प्रत्येक ग्राहकले आफ्नो रकम दोब्बर बनाउने अवसर प्राप्त गर्नेछन् । भारत र सब कन्टिनेन्ट मनिग्रामका प्रमूख सुकेश भन्छन्, मनिग्रामको लागि नेपाल एक महत्वपूर्ण बजार हो र हामी प्रत्येक बर्ष विशेष योजनाका साथ दशैं उत्सव संगै मनाउन एउटा अंग भएर आउँछौं ।
उनले भने, हामी बुझ्छौं परिवार सदस्य बिचको त्यो गाढा सम्बन्ध जसका लागि उनीहरु हाम्रो परिवारको मुहारमा मुस्कान ल्याउन धेरै दुख गरेर काम गर्दछन् र यो वर्ष उनीहरुले आफना आफन्तलाई घर पठाउने पैसा दुई गुणा बनाउने निर्णय हामीले ल्यायौं । हामीलाई विश्वास छ यसले १६ जना भाग्यशाली विजेताको दशैं दोब्बर खुशि बनाईदिनेछ । यो योजना अक्टुबर ३० सम्म लागू हुनेछ ।
प्रतिक्रिया