काठमाडौं । सेन्चुरी बैंकले ४० प्रतिशत हकप्रद सेयर भर्ने समयसिमा १५ दिन थप गरेर असोज २ गतेसम्म पुर्याएको छ । यसअघि बैंकले भदौ १८ गतेसम्म मात्र हकप्रद भर्ने म्याद तोकेको थियो ।
बैंकले साउन १६ गतेदेखि १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार २६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सीटीसी मल सुन्धारास्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
गत आर्थिक वर्षसम्म ५ अर्ब ४६ करोड चुक्ता पुँजी रहेको बैंकले हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ६ अर्ब ६० करोड पुग्नेछ ।
प्रतिक्रिया