वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी क्यापिटल र सिद्धार्थ बैंकविच हकप्रद निष्काशनको लागि सम्झौता

अर्थटुडे
२०७४ भाद्र १८, आईतवार

काठमाडौं । सिद्धार्थ बैंक र लक्ष्मी क्यापिटल मार्केटबिच हकप्रद निष्कासनका लागि सम्झौता भएको छ । गत शुक्रबार बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हकप्रद निष्कासनको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

बैंकले आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय साधारणसभाले पारित गराइसकेको छ । नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याउनका लागि बैंकले आफ्ना लगानीकर्तालाई हकप्रद सेयर दिन लागेको हो । हाल बैंकको ६ अर्ब ८२ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ