वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पौने तीन अर्बको बुकिङ गर्दै सकियो नाडा अटो सो

अर्थटुडे
२०७४ भाद्र १८, आईतवार

काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा छ दिनसम्म चलेको ‘नाडा अटो सो २०७४’ मा पौने तीन अर्ब रुपैयाँको बुकिङ भएको छ । आयोजक संस्थाको रुपमा रहेको अटोमोवाइल्स एशोसिएसन अफ नेपाल (नाडा) का अनुसार दुई पांग्रे र चार पांग्रे गरी २६ सय सवारी साधान बुकिङ भएका छन् ।

नाडाले एक हजार वटा चार पाङग्रे र १६ सय दुई पांग्रे सवारी साधन बुकिङ भएको जनाएको छ । त्यसैगरी साडे दुई अर्ब रुपैयाँ बराबर चार पाङग्रे र ३२ करोड रुपैयाँ बराबरको दुई पांग्रे सावरी साधान पुकिङ भएका छन् । ६ दिन सम्म चलेको सो मेलाको ६५ हजार सर्वसाधारणले अवलोकन गरेका थिए ।

मेलामा मेलामा साना ठूला गरी १३० वटा स्टल थिए । बिभिन्न १६ वटा ब्राण्डका चार पांग्रे, १९ वटा ब्राण्डका दुई पांग्रे एवं ५ ब्राण्डका हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ