काठमाडौ । द एसोसिएसन अफ लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५८२ नेपाल अन्तर्गतको लायन्स क्लव काठमाडौं संबृद्धि, जीवन बिज्ञान केन्द्रद्धारा संरक्षित रहेको यूएन पार्क योग समूहको संयुक्त आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान जीवन दान भन्ने मुल भावका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेको आयोजक संस्था लायन्स क्लव काठमाडौ संबृद्धिका संस्थापक अध्यक्ष शम्भूबहादुर थापाले जानकारी दिए । नेपाल आर्मीका जवान, क्लवका सदस्य तथा योग समूहका सदस्यहरुले समेत रक्तदान गरेका थिए ।
क्लवबले यसअघि पनि बाढीपिडितहरुलाई एक लाख रुपैयाँ बराबरको राहत प्रदान गरेको थियो ।
प्रतिक्रिया