काठमाडौं । ८८ किलो सुनबारे अनुसन्धान गर्न अर्थमन्त्रालयले भन्सार विभागका उपमहानिर्देशक कुलराज ज्ञवालीको संयोजकत्वमा छानविन टोली गठन गरेको छ । डेढ साता अघि केरुङ हुँदै काठमााडौ भित्रिएको ८८ किलो सुन प्रहरीले ठमेलबाट पक्राउ गरेको थियो । यत्तिठूलो परिमाणमा सुन भित्रिदा पनि अहिलेसम्म अर्थमन्त्रालयले सुन तस्करीको बारेमा छानविन समिति गठन गरेको थिएन ।
रसुवा भन्सार हुँदै प्रहरीका विभिन्न चेकपोष्टमा सजिलै पास भएर ८८ किलो सुन काठमाडौं सुन आउँदा पनि अर्थ मन्त्रालय, राजस्व बिभाग लगायतका निकाय मौन बस्नु रहस्यको बिषय बनेको थियो । अर्थले समेत एक सातापछि मात्रै छानविन टोली बनाएको छ ।’ तर यो सुन तस्कर भाग्न सफल भएपछि औपचारिकताका लागि मात्र टोली बनाइएको अर्थमन्त्रालयका एक कर्मचारीले बताए ।
८८ किलो सुन रसुवा, धादिङ, नुवाकोट जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरी र केरुङ नाकामा रहेको भन्सार कार्यालयसहित १ दर्जनभन्दा बढी चेकपोष्टबाट सहजै पार गरी राजधानी भित्रिएको थियो ।
यदी छानविन निष्पक्ष तवरले गर्ने हो भने यो सुन भित्रिएका जिल्लाका जिल्ला प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र भन्सारका प्रमुखसँग समेत छानविनको दायरामा पर्न सक्छन् भने निलम्बनमा समेत पर्न सक्नेछन् । छानविन टोलीले रसुवा भन्सार लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेर छानविन प्रतिवेदन बनाउने छ ।
केही समयअघि त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन भित्रिँदा भोलीपल्टै पाँच सदस्यीय छानविन समिति बनाएर छानविन गरिएको थियो । ३३ केजी सुन प्रकरणमा छानविन समितिको अनुसन्धानमा विमानस्थलमा कार्यरत एसएसपी श्याम खत्रीदेखि श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत पक्राउ गरी अनुसन्धान गरिएको थियो ।
प्रतिक्रिया