वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्राधिकरणको उत्पादन विभागका तत्कालिन महाप्रबन्धक श्रेष्ठविरुद्ध अख्तियारद्धारा मुद्धा दायर

अर्थटुडे
२०७४ भाद्र २६, सोमबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठ बिरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठ पदमा रहदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

अख्तियारका अनुसार श्रेष्ठले पदमा रहदा आर्जन गरेको २ करोड ८८ लाख ८२ हजार ८९१ रुपैयाँको स्रोत देखिएको छैन । त्यस्तै श्रेष्ठले परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिक स्रोत नखुलेको बताइएको छ ।

आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग गरी स्रोत नखुलेको सम्पती आर्जन गरेको भन्दै अख्तियारले भ्रष्टाचार विरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले श्रेष्ठ विरुद्ध तयार पारेको आरोप पत्रमा दुई करोड अठासी लाख बयासी हजार आठ सय एकानब्बे रुपैयाँ विगो कायम गरी साविक श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६९ग तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम बिगो अनुसारको जरिवाना माग गरिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ