काठमाडौं । प्रमूख कार्यकारी अधिकृत (सिइओ)अनुजमणी तिमल्सिनाले सेन्चुरी कमर्सियल बैंक छोडेका छन् । तिमल्सिनाले दिएको राजीनामा आइतबार बसेको बैंक सञ्चालक समितिको २४२ औ बैठकले स्वीकृति गरेको छ । उनले सो बैंकमा छोटो समयमात्र सिइओको रुपमा काम गरे ।
त्यस्तै बैंकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईलाई कायम मुकायम सिइओको जिम्मेवारी दिएको छ ।
जीवन भट्टराई बैंक सञ्चालनमा आएदेखि नै दोस्रो वरियताको रुपमा कार्यरत थिए । उनले मास्टर इन फिलोसोफी र अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर हासिल गरेका छन् ।
कानूनमा स्नातक समेत गरेका भट्टराईको बैीकङ करियर हिमालयन बैंकबाट भएको हो भने हिमालयमा ५ बर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष र सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ अनुभव उनीमा रहेको छ ।
प्रतिक्रिया