काठमाडौं । हिमालयन बैंक लिमिटेडले बाढीपिडितहरुको सहयोगका लागि ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । बैंकले सोमबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर ज.ब.राणाले प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक समारोहमा प्रधानमन्त्री शेर बहादुर देउवालाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।
प्रतिक्रिया