वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्खास्त गरिएका आयल निगम प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने लगायतका चार बुँदे माग राखी गोविन्द केसी फेरी अनसन बस्ने

अर्थटुडे
२०७४ आश्विन ३, मंगलवार

काठमाडौं । बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपाल खड्कामाथि छानविन गर्नु पर्ने लगायतका चारबुदे माग राखी प्रा. डा. गोविन्द केसी फेरी अनसन बस्ने भएका छन् । मंगलबार उनले ति मागहरु पूरा नभए असोज २० बाट आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने, एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्ने माग राखेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन अध्यापन सुरु गर्ने गरी बजेटको व्यवस्था मिलाउन र डोटी(डडेल्धुरा, धनुषा(महोत्तरी, उदयपुर, पाँचथर(तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने पनि उनको माग छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ