वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँचवटा बैंकले मात्र पुर्याए राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी,असोज मसान्तमा सबैले पुर्याइसक्ने

अर्थटुडे
२०७४ आश्विन ४, बुधबार

काठमाडौं । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये ५ वटा बैंकले मात्र नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापुँजी पुर्याएका छन् । बाँकी २३ वटा बाणिज्य बैंकहरुले आठ अर्ब चुक्तापुँजी पुर्याउनका लागि कसरत गरिरहेका छन् ।
बैंकहरुले प्रकाशित गरेको गत आर्थिक बर्षको वित्तिय विवरण अनुसार अहिले सम्ममा सरकारको समेत स्वामित्व भएको नेपाल बैक, कृषि विकास बैंक, सरकारको पूर्ण स्वामित्व भएको राष्ट्रिय बाणिज्य बैंक र नीजि क्षेत्रका दुईवटा बैंक ग्लोवल आइएमइ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले चुक्तापुँजी पुर्याएका छन् । सञ्चालनमा भएका कुुल चुक्ता पुँजी एक खर्ब ८५ अर्ब १० करोड सात लाख ३० हजार रुपैयाँ पुुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सम्पुर्ण बैंकहरुको चुक्तापुँजीका लागि झण्डै ३९ अर्ब रुपैयाँ अपुुग देखिन्छ । सबै वाणिज्य बैंकहरुले न्यूनतम आठ अर्ब रुपैयाँ मात्र चुक्ता कायम गर्दा यस्तो कुुल चुक्ता पुँजी दुुई खर्ब २४ अर्ब रुपैयाँ पुुग्ने देखिन्छ ।

राष्ट्र बैंकले पुरानो व्यवस्थाअनुसार कायम रहेको चुक्ता पुँजी दुुई अर्ब रुपैयाँलाई वृद्धि गरी २०७४ असार मसान्तसम्म न्यूनतम आठ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।

बैंकहरुले पछिल्लो समय प्रकाशन गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार कृषि विकास बैंकले १२ अर्ब ५२ करोड तीन लाख ९२ हजार रुपैयाँ चुुुक्ता पुँजी कायम गरेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले पनि नौ अर्ब २४ करोड तीन लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ ।

आव २०७३\०७४ को चौँथो त्रैमासिक अवधिमा नेपाल बैंकले आठ अर्ब चार करोड २६ लाख ६२ हजार, राष्ट्रिय वाणिज्य बैंकले आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार, ग्लोबल आईएमई बैंकले आठ अर्ब आठ करोड तीन लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।

लक्ष्मी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंकको चुक्ता पुँजी पनि आठ अर्ब रुपैयाँको नजिक पुुगेको छ । यी बैंकहरुले आव २०७३\०७४ का आर्जन गरेको खुुद मुनाफामध्ये बोनस सेयर वितरण गर्दा न्यूनतम चुक्ता पुँजी कायम गर्न सक्ने देखिन्छ । यसबाहेक अन्य बैंकहरुले पनि गत आवको नाफाबाट बोनस सेयर वितरण गर्दा र अपुुग चुक्ता पुँजीको लागि हकप्रद सेयर जारी गरेर न्यूनतम चुक्ता पुँजी कायम गर्नसक्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ