वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८८ किलो सुन प्रकरणमा थप पाँच पक्राउ

अर्थटुडे
२०७४ आश्विन ५, बिहीबार

काठमाडौं । ८८ किलो सुन बरामद घटनामा छानविनका लागि प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु सबै सुन व्यवसायी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका थप पाँच जनामा काठमाडौंको रञ्जना ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी गहना पसलका गणेशदत्त बडू, नरदेवीस्थित रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ओटुको सिद्धनाथ सुनचाँदी खार्नीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पसलका नन्दकुमार मर्ग रहेका छन् । गत भदौ १९ मा राजधानीको क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरिएको थियो । सुन सँगै गाडी चालक मनोज अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ