काठमाडौं । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा ७ करोड ७७ लाख १६ हजार खुद नाफा गरेको छ । अघिल्लो आवमा ६ करोड ६६ लाख ६९ हजार नाफा गरेकोमा गत आवमा १६.५७ प्रतिशतले बृिद्ध भएको हो ।
गत आवसम्ममा संस्थाको निक्षेप ६.६७ प्रतिशतले बृद्धि भई ४ अर्ब १८ करोड ५० लाख रुपैयाँ र कर्जा लगानी ७ प्रतिशतले वृद्धी भई ३ अर्ब १९ करोड २३ लाख पुगेको छ । यसैगरी शेयर पुँजी शेयर अघिल्लो आवको तुलनामा १७.१८ प्रतिशतले बृद्धी भई ३७ करोड ५५ लाख पुगेको संस्थाले गत आवमा सरकारलाई ४ करोड ७१ लाख ९९ हजार रुपैया राजश्व बुझाएको प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले जानकारी दिए ।
संस्थाले हाल पुल्चोक केन्द्रीय कार्यालयका साथै ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल र भक्तपुरको कौशलटार गरी ३ वटा सदस्य सुविधा काउण्टरबाट सेवा दिइरहेको छ ।
२०५६ साल भदौ १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत मुख्य लगानीमा संचालित श्री लालीगुराँस राष्ट्रिय उच्च मावि/कलेजमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । त्यसैगरी संस्थाको मुख्य लगानीमा संचालित लालीगुराँस हस्पिटलमा प्रत्येक महिनाको १ पटक निःशुल्क स्वास्थ्य शिबिर संचालन गर्ने गरेको छ ।
बहुउद्देश्यीय लगानीतर्फ स्वास्थ्य क्षेत्र तर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल, शिक्षा तर्फ नयाँ बानेश्वरमा लालीगुराँस राष्ट्रिय उच्च मावि\कलेज, उर्जा क्षेत्र तर्फ सिन्धुपाल्चोक लार्चामा भैरवकुण्ड हाईड्रोपावर, डेरी परियोजना तर्फ चितवन खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्गलगायत संघ संस्था तथा कम्पनीहरुमा लगानी गरेको जनाएको छ ।
संस्थाले स्थापना दिवसको अवसरमा शेयर सदस्यको हित अनुकुल विभिन्न कार्यक्रमम संचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया