काठमाडौं । नयाँबानेश्वरस्थित जनसेवी बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । सभामा अध्यक्ष शंकर प्रसाद पौडेल आर्थिक वर्ष ०७३\०७४को वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष ऋसभदेव खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले गत आवमा संस्थाले १२ लाख ५९ हजार नाफा गरेको छ ।
त्यसैगरी सस्थाले सदस्य हरुलाई बचत तथा ऋण सम्बन्धी जानकारीमूलक कार्यक्रम, सदस्य बिमा सहकारी शिक्षा तालिमलगायतका विभिन्न सामाजिक सेवा सम्बन्धी कार्य सरसफाई, रक्तदान जस्ता कार्यक्रम संस्थाले गर्दै आएको संस्थाका प्रबन्धक सरिता थापा भण्डारी ले जानकारी दिए ।
सभामा ७० बर्ष पुगिसकेका जेष्ठ सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया