भक्तपुर । भक्तपुरको नगरकोट आउने पर्यटकसँग चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क उठाउन थालेपछि व्यवसायीले त्यसको विरोध गरेका छन् ।
उनीहरुले बुधवार चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रलाई ज्ञापनपत्र बुझाउँदै नपाको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले नपाले निर्णय नसच्याए व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले पर्यटकसँग शुल्क उठाउने नाममा ठेकेदार पोस्ने काम गरेको आरोप लगाउँदै तत्कालै सो निर्णय फिर्ता लिन माग गरे । उनले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउको कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिए ।
चाँगुनारायण नगरपालिकाले असोज १ गतेदेखि नगरकोट आउने बाहिरी पर्यटकअन्तर्गत सार्क मुलुकका पर्यटकसँग प्रतिव्यक्ति रू. ३ सय र अन्य देशकासँग रू. ४ सय लिने गरी ठेक्का दिएको छ ।
नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायी एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष इन्द्र लामाले पर्यटकसँग शुल्क उठाउने नाममा ठेकेदार पोस्ने काम गरेको आरोप लगाउँदै तत्कालै सो निर्णय फिर्ता लिन माग गरे । उनले नगरपालिकाले निर्णय नसच्याए व्यवसायीले होटल बन्द गरेर नगरपालिका घेराउको कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिए ।
अर्का व्यवसायी एवम् समितिका प्रवक्ता गोकुल शर्माले नगरपालिकाले व्यवसायीसँग बिना छलफल पर्यटन शुल्क उठाएर नगरकोटको पर्यटन व्यवसायलाई ध्वस्त बनाउने काममा नगरप्रमुख मिश्रले अगुवाइ गरेको बताउँदै सो निर्णय तत्काल सच्याउनुपर्ने बताए ।
सो अवसरमा नगरप्रमुख मिश्रले नगरकोट आउने पर्यटकसँग शुल्क लिनु गल्ती भएको बताए । उनले व्यवसायीसँग छलफल नगरी एकतर्फीरुपमा नगरपालिकाले पर्यटन शुल्क उठाउएकोमा गल्ती भएको स्वीकार गरेका हुन् ।
उनले विगत तीन वर्षदेखि कार्यान्वयन हुन नसकेको निर्णय आफूले कार्यान्वयनमा मात्र ल्याएको बताउँदै भने, “संस्थागतरुपमा छलफल गर्न कमजोरी भएको हो, यसमा हामी चुक्यौँ, त्यसलाई सुधार्छौं । कमजोरी भएको हो, गल्ती भएको हो, नाटा, हान, पर्यटन बोर्डलाई खबर गर्नुपर्ने थियो ।”
नगरप्रमुख मिश्रले व्यवसायीसमक्ष नगरकोटको विकासका लागि आफू प्रतिबद्ध भएको बताउँदै सो ठाउँमा एक महीनाभित्र सोलार बत्ती, सार्वजनिक शौचालय, दुई ओटा भ्यु पार्क र टुरिस्ट बसपार्क बनाउने योजना रहेको पनि सो अवसरमा जानकारी गराए ।
प्रतिक्रिया