काठमाडौं । सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद दिने भएको छ । फाइनान्सले यसअघि दिने भनेको २५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो । कम्पनीले हकप्रद सेयरको दर बढाउनका लागि कार्तिक १७ गते १९औं बार्षिक साधारणसभा डाकेको छ ।
सो साधारणसभाबाट ७० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव स्वीकृत गर्ने भएको छ । फाइनान्सले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था पाएमा गाभ्नेगाभिनेसमेत जनाएको छ । यसका लागि उसले संस्थाको चलअचल सम्पति मुल्याङकन गर्न साभारणसभाबाट स्वीकृति लिने भएको छ । फाइनान्सको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ छ ।
प्रतिक्रिया