वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माहुली लघुवित्तले प्रस्ताव गर्यो ६० प्रतिशत लाभांस, ५० प्रतिशत बोनस

अर्थटुडे
२०७४ आश्विन २२, आईतवार

काठमाडौं । महुली सामुदायिक लघुवित्त संस्थाले ६० प्रतिशत लाभांस प्रस्ताव गरेको छ । संस्था सञ्चालक समितिको शनिवार बसेको बैठकले गत बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई सो लाभांस दिने प्रस्ताप पेस गरेको हो ।

संस्थाले ५० प्रतिशत बोनसको साथै १० प्रतिशत नगद दिने प्रस्ताव पेस गरेको छ संस्थाले बोनस सेयरपछि कायम हुने ६ करोड रुपैयाँको दुई बराबर एक अनुपातमा तीन लाख कित्ता हकप्रद समेत जारी गरि संस्थाको पूँजी नौं करोड रुपैयाँ पुर्याउने निर्णय गरेको हो ।

सो लघुवित्तले केही समयअघि मात्र एक लाख २० हजार कित्ता साधारण सेयर जारी गरेको थियो । संस्थाले गत आर्थिक बर्षमा चार करोड ३१ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ