वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयल निगमका कार्यकारी निर्देशक खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

अर्थटुडे
२०७४ आश्विन २२, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधिश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई हटाउने मन्त्रिपरिषदको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले खड्कालाई हटाउनुको कारण पेश गर्न समेत सरकारलाई आदेश दिएको हो ।

आयल निगमले पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको ठहर गर्दै संसदिय समितिले कार्यकारी निर्देशक खड्कालाई कारवाही गर्न सिफारीस गरेको थियो । समितिको सिफारीस अनुसार सरकारले गत असोज २ गते पदबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ