काठमाडौं । व्यवस्थापिका संसद्बाट पारित १० विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छिन् । संसदबाट पास भएको विधेयकलाई राष्ट्रपतिबाट लालमोहर लागेपछि कानुनका रुपमा कार्यान्वयमा आउने कानुनी व्यवस्था छ ।
लालमोहर लागेका १० विधेयक
- राष्ट्रिय दलित आयोग विधेयक – २०७४
- अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक – २०७४
- स्थानीय सरकार सञ्चालन विधेयक, २०७४
- थारु आयोग विधेयक – २०७४
- प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक – २०७४
- उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक – २०७४
- राष्ट्रिय महिला आयोग विधेयक – २०७४
- मुस्लिम आयोग विधेयक – २०७४
- कर्मचारी समायोजन विधेयक – २०७४
- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक – २०७४
प्रतिक्रिया