वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

८८ किलो सुन प्रकरणमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका उमेदवार तामाङ पक्राउ

अर्थटुडे
२०७४ आश्विन ३०, सोमबार

काठमाडौं । नेपाली कांग्रेसको रसुवाबाट समानुपातिक उम्मेदवारको सिफारिसमा परेका मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई ८८ किलो सुन तस्करीको आरोपमा प्रहरीले सोमबार काठमाडौँको स्वयंभूबाट पक्राउ गरेको हो ।

उनी नेपाल(केरुङ व्यापार संघका अध्यक्ष समेत हुन् भने कांग्रेसबाट आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा समेत परेका छन् ।

गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो । सो सुन तस्करीमा तामाङको प्रत्यक्ष संलग्नता रहेको प्रहरीको दावी छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ