वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल इन्भेष्टमेण्ट बैंकका लगानीकर्तालाई ४० % लाभांस

अर्थटुडे
२०७४ कार्तिक ७, मंगलवार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकका लगानीकर्ताले ४०* प्रतिशत लाभांस पाउने भएका छन् । बैंकको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

गत आवमा बैंकले ५ अर्व २४ करोड नाफा गरेको थियो । बोनस सेयर वितरणसँगै बैंकको पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

यसैगरी सभाले संस्थापकका तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्य प्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडेलाई संचालकमा पुनः चयन गरेको छ ।

बैंकले हाल ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएमबाट सेवा दिइरहेको छ ।

*सच्याइएको

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ