काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले गत बर्षको मुनाफाबाट आफ्ना लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कम्पनीले गत बर्ष ६३.१५ प्रतिशत लाभांश दिएको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८१ करोड ७६ लाख रुपैयाँ रहेको छ। कम्पनीले गत बर्ष ३७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
प्रतिक्रिया