वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दरवारमार्गका ९ व्यापारी पक्राउ, सात दिनसम्म थुनामा राखेर अनुसन्धान

अर्थटुडे
२०७४ कार्तिक १५, बुधबार

काठमाडौं । उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेका दरबारमार्गस्थित आठ पसल सञ्चालकलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

विदेशी ‘ब्राण्ड’का सामान बेच्ने ती पसल सञ्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा उपस्थित हुन आग्रह गरे पनि उपस्थित नभएपछि मंगलबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रोशन ओडारी, तुलसीधर भण्डारी, राजेश्वर श्रेष्ठ, नन्दन बिहानी, जीतेन्द्र महर्जन, सुवास महर्जन, श्रीकृष्ण महर्जन, उत्तमकुमार बस्नेत र प्रविन झा रहेका छन् ।

अत्यधिक मूल्यमा सामान बिक्री गरेको आरोपमा पक्राउ परेका आठ व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिन म्याद थप गरिएकोे काठमाडौँका प्रजिअ केदारनाथ शर्माले जानकारी दिए ।

गत भदौ १९ गते तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा रहेका पसलमा अनुगमनका क्रममा लागतभन्दा १० गुणा बढीसम्म रकम लिएर सामान बेचबिखन गरेको भेटाएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको थियो ।

पक्राउ परेकालाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ