काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार पक्राउ गरेको हो । आयोगको टोलीले विभागका अधिकृत र सुब्बालाई १० लाख घुस सहित पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा आयोगले महानिर्देशक पाण्डेलाई समेत पक्राउ गरेको हो ।
अख्तियारले मंगलबार राति नयाँ बानेश्वरस्थित इन्देणी फुडल्याण्डबाट विभागका अधिकृत कृतिवल्लभ पौडेल र खड्गबहादुर केसीलाई १० लाख रुपैयाँ घुस सहित पक्राउ गरेको थियो । उक्त घटनामा महानिर्देश पाण्डेको संलग्नता रहेको र सो विषयमा केही बेरमै जानकारी गराईने अख्तियारले जनाएको छ ।
प्रतिक्रिया