वि.सं. २०८२ कार्तिक ५
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

इन्साइडर ट्रेडिङ जस्ता अवैधानिक कारोबार रोक्न नेप्सेले पहल चाल्छ

अर्थटुडे
२०७४ मंसिर ३, आईतवार

चन्द्रसिंह साउद
महाप्रबन्धक, नेपाल स्टक एक्सचेन्ज
बीमा क्षेत्रमा लामो समय काम गरेका चन्द्रसिंह साउद अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा महाप्रबन्धकको रुपमा नियुक्त भएका छन् । करिव दुई साता अघि मात्र नेप्सेको बागडोर समालेका उनी प्रधानमन्त्रीका खास मान्छे मानिन्छन् । धेरै प्रतिष्पर्धीका विचमा पनि नेप्सेको जिएम नियुक्त भएका साउद सुदुपश्चिमका हुन् । प्रतिष्पर्धीहरु मध्ये अन्तिम नामावलीमा पनि तेस्रो नै बनेका साउद नेप्सेको महाप्रबन्धक भए । लामो समय रिक्त रहेको नेप्सेले महाप्रबन्धक पाएको छ । बीमा क्षेत्रमा भएपनि नेप्सेलाई आधुनिकीकरण गर्न आएका साउदसँग विजनेस प्लसका लागि लिएको अन्तवार्ताको संपादित अंशः
तपाई बीमा क्षेत्रमा काम गरिरहनुभएको मान्छे नेप्सेको महाप्रबन्धक जस्तो प्राविधिक लाईनमा आउनु भयो कस्तो अनुभव भएको छ ?
तपाईले बीमा क्षेत्र पुँजीबजार भन्दा बाहिर हो भनेर बुझ्नु भयो । तर यो गलत हो । पुँजीबजारमा तीनबटा इन्टुमेन्ट (बीएफ्आइ) अर्थात बैंक फाइनान्स र इन्सुरेन्स । चाहे बैंकमा काम गरेको होस् वा फाइनान्स र बीमा क्षेत्रमा पुँजीबजारमा यी तीनवटै क्षेत्रको कारोबार हुन्छ । त्यो भएकोले म पुँजीबजार भन्दा बाहिरको हैन भित्रकै मान्छे हुँ । फरक कहाँ छ ? भने म यौटा प्राइभेट कम्पनीमा बीमाको क्षेत्रमा मात्र काम गरेको थिए भने यहाँ आएपछि पुँजीबजारका सबै पाटाहरु हेर्नुपर्ने रहेको छ । प्रशासनिक रुपमा हेर्ने हो भने सानो संस्था भन्दा पनि काम आफूले गर्ने हैन अरुलाई गराउने हो । त्यो पाटोमा हेर्ने हो भने पहिलेको भन्दा अहिले धेरै राम्रो सहयोग सद्धभाव ,व्यवसायिक मान्छेसँगको जमघट भएको महसुस गरेको छु । तर खासै भिन्नता चाही देख्दिन ।

समग्र पुँजी बजारलाई कसरी हेर्नुभएको छ ?
पुँजीबजार विगत बर्तमान हेर्दा हिजो भन्दा आज र आज भन्दा भोलि ठिक छ भन्ने दृष्टिकोणले हेर्नु जरुरी रहेको छ । पहिले काठमाडौमा मात्र सिमित थियो । अहिले सेमी अटोमेटेड भएपनि ब्रोकर मार्फत नै सेयर कारोबार हुन थालेको छ । अव हामी नयाँ सफ्टवेयर मार्फत अनलाईन टेडिडमा जादै छौ । जसले घरमा नै बसेर लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार गर्न सक्छन् । विकास भन्नेकुरा विस्तारै हुने हो एकैपटक हुदैन । अनलाईन कारोबार प्रणालीमा भने छिट्टो नै लानु पर्ने देखेको छु । देशको मुख्य शहरमा जहाँ पुँजीबजारमा प्रबेश गर्न चाहने व्यक्ति छन् । उहाँहरुलाई पनि यस क्षेत्रमा प्रबेश गराउने प्रयास गर्ने छौ । त्यसका लागि हामी देशभर जनचेतना फैलाउने काम पनि गर्ने छौ । अहिले रियल सेक्टर कम मात्र आएको हुदा त्यसको उपस्थिति पनि बढाउने सोचमा छौ । कतिपय नेप्सेमा सुचिकृत संस्थाहरुले साधारणसभा नगरी लगानीकर्ताहरुको हकलाई कुन्ठित बनाएका छन् । ति कम्पनीहरुको असली अवस्था बुझन् लगानीकर्ताहरुलाई असहज भएको हामीले पाएका छौ । त्यसैले ति कम्पनीहरुको निगरानी बढाई उनीहरुलाई जतिसक्दो चाडो साधारणसभा गरी लगानीकर्ताहरुलाई जानकारी दिनका लागि उत्प्रेरित गर्ने छौ । पहिलेको तुलनामा कारोबार राम्रो रहेको छ । बजार कहिले घट्ने र कहिले बढ््ने हुनु स्वाभाविक नै हो । बजारको अहिलेको अवस्था त्यही हो ।कपोडिटि मार्केट, रियल सेक्टर र एनआरएनहरुलाई पनि यहाँ प्रबेश गराउन सकेको खण्डमा भविष्यमा बजार अझै राम्रो हने म देख्छु ।
दोस्रो बजारको समस्याहरु के हुन् ?
बजारको पहिलो समस्या भनेको अनलाई कारोबार हुन नसक्नु नै हो दोस्रो भनेको नेप्सेमा सुचिकृत भएका सबै कम्पनीहरुको आन्तरिक सुसासन कस्तो छ ? सही ढंगले भएको छ की छैन ? उनीहरुको सुचना सही ढंगले प्रबाह भएको छ की छैन ? ति कुराहरुलाई नेप्सेले सुक्ष्म निगरानी गर्नुपर्ने देखिन्छ त्यो भएको छैन । भोलिका दिनमा हामीले ति कार्यहरु गर्ने छौ । तेस्रो भनेको कहिलेकाही पुँजीबजार नेपालको अर्थतन्त्रको विपरित गइरहेको अवस्था देखिन्छ, किनकी केही लगानीकर्ताहरु कम्पनी विश्लेषण नै नगरी बजारमा फैलाउने अपवाह (हल्ला) का आधारमा लगानी गर्नुपनि ठूलो समस्या हो । यद्यपी अहिले यसमा केही सुधार भएको पाइन्छ । नेप्सेका ऐन कानुनहरु समयसापेक्ष नहुनु, पुँजीबजारमा हकप्रद सेयरहरुमा लगानीकहरुले सहजै लगानी गर्न नपाउने कुराहरु पनि समस्याभित्र पर्दछन् ।
यी समस्याहरु समाधानको लागि तपाईका पहल कदमीहरु के के हुन् ?
यी समस्याहरु त मैले देखे तर समाधान आजको भोलि नै भने हुदैन । केही समय लाग्छ । हामी इन्डेक्स कसरी क्याल्कुलेसन गर्नुपर्छ भनेर पनि लागेका छौ । जे जति समस्या छन्, ति सबै एक एक गरेर समाधान गर्ने छौ । तर सवै समस्या समाधान हुने खालका नै देखिन्छ ।
नेप्से अनलाईन कारोबार प्रणालीमा जाने कुरा धेरै अगाडी आएको हो तर अहिलेसम्म पनि सो प्रणालीमा जान सकेको छैन । ढिलाई हुनुको पछाडीको मुख्य कारण के हो ?
यसमा मुख्य समस्या के हो भने पहिले त जुन किसिमको सफ्टवेयर ल्याउनका लागि भारतीय कम्पनी भेण्डरसँग सम्झौता भएको थियो तर पछि मुद्धा मामिला परेर रोकियो । त्यसपछि फेरी सोही कम्पनीलाई नै दिनु भनेर अदालतको आदेश आएको र त्यसपछि काम थाल्नुभयो । र उहाँहरुले हार्डवेयर र सफ्टवेयरको काम थाल्नुभएको छ । विचमा सिइओ खाली भएकोले तीनचार महिना त्यसैमा अडिएको रहेछ । यसरी क्रमबद्ध रुपले ढिलाई भएको हो । कात्तिक १२ देखि नै काम सुरु भएको छ ।
दोस्रो स्टक एक्सचेन्जको माग पनि बजारमा रहेको छ तपाईको दृटिकोणमा नेपालमा दोस्रो स्टक एक्सचेन्ज आवश्यकता छ की छैन ?

Chandra Singh Saud

यो बजारले नबुझेको जस्तो मलाई लाग्छ । अर्को स्टक एक्सचेन्ज नेपाल स्टक एक्सचेन्जले दिने होइन । यो त सरकारको निर्णय र धितोपत्र बोर्डले दिने कुरा हो । हामीले चाहिन्छ भन्दैमा आउने र चाहिदैन भन्दैमा नआउने भन्ने चाही होइन । दोस्रो बजारमा कारोबार गराउने सरकारी संसथा भएकोले हामीले हाम्रो क्षमता अभिबृद्धि गर्नुपर्छ । हामी साधनस्रोत सम्पन्न र कार्यक्षमता बढाउने त्यो सँगसँगै नेप्सेमा सुचिकृत कम्पनी पनि बढाउने नेप्सेको प्रतिष्पर्धी क्षमता बढाउने तिर हामी लाग्छौ । हामीले चाहिने वा नचाहिने भन्नुको कुनै अर्थ छैन । सुचिकृत कम्पनीहरु घटिरहेका छन् । कोही मर्जरमा गए कोही खरिद गरिए कतिपय कम्पनी खारेज भएका कारण पनि सुचिकृत कम्पनीहरु घटिरहेका छन् । त्यसैले हामीलाई यस विषयमा केही भन्नु छैन । सरकारले जे गर्छ हामी मान्न तयार छौ ।

बाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनु कत्तिको उचित हो ?
मेरो मात्र धारणा भन्नु भन्दा पनि बजारसँग सम्बद्ध सबैको धारणा जान्नु जरुरी छ । सरकार, नियमन निकाय धितोपत्र बोर्ड, लगानीकर्ता, स्टक ब्रोकर, मर्चेन्ट बैंकरहरु सवैको धारणा बुझ्नु जरुरी रहेको छ । उनीहरु सवैसँग छलफल गरेर निर्णय नहुन्जेल अहिले यही हुन्छ भनेर भन्न सकिने अवस्थामा छैन ।
नेप्सेमा भएको उपकरणहरु पुरानो, अपडेट नभएका सफ्टवेयरहरु रहेका छन् जसले गर्दा बजार नै ध्वस्त हुन्छ भन्ने कुराहरु बाहिर आएको छ यसलाई कसरी हेर्नुभएको छ ?

म नेप्सेको महाप्रबन्धक भएर आएको करिव दुई हप्ता भएको छ । मैलेपनि यहाँको सफ्टवेयर हार्डवेयरको बारेमा जानकारी लिइरहेको छु । मैले बुझेअनुसार हामीले नेप्सेको डाटा व्याकअप दुई ठाउँमा गरेका छौ । हामीले टेम्नोलोजीसँग सम्बन्धीत हार्डवेयरहरु अत्यन्त सुरक्षित साथ राखेका छौ भन्ने कुरा मलाई रिपोर्टिङ भएको छ । हाम्रा सफ्टवेयरहरु निक्कै नै पुराना भएका छन् भन्ने सन्दर्भमा हार्डवेयर र सफ्टवेयर दुवै ल्याउने गरी नयाँ एग्रीमेन्ट भएको छ । जुन अनलाइएन टेडिडका लागि भेन्डर कम्पनीसँग भएको छ । उसले ल्याउने उपकरणहरु सबै पछिल्लो टेक्नोलोजीमा नै आधारित हुने छ । मैले हेरेको एग्रीमेन्ट अनुसार गुणस्तरको नै सामग्री आउने एग्रीमेन्टमा देखेको छु । उपकरण भनेको समय अनुसार विकास हुदै जाने हो । हामीले पछिल्लो भनेर ल्याइएका उपकरणहरु केही समयपछि डेट आउट पनि हुन्छ । अनलाईन टेक्नोलोजी नै नयाँ तवरले आउने भएपछि ल्याइने उपकरण पनि नयाँ प्रकारका आउछन् भन्ने मेरो मान्यता हो ।
इन्साइडर ट्रेडिङहरु पनि चलिरहेको अवस्था छ, यस्ता प्रकारका अवैधानिक कारोबार रोक्न नेप्सेले आगामी दिनमा के गर्छ ?

त्यसको लागि हामीले छुट्टै नियमन विभाग खडा गर्ने छौ । त्यो हामीले गर्छौ गर्छौ त्यसपछि हामी हल्लाको पछाडी नलागी सप्रमाण यस्ता प्रकारका काम भएका रहेछन् भने त्यसमा हाम्रो जे जति क्षेत्राधिकार हो ते भित्र रहेर हामी त्यस्ता संस्था वा व्यक्तिहरुलाई नियमनको पेरीफेरी भित्र ल्याउने कोशिस गर्दछौ ।

नियमन गर्नका लागि नेप्सेमा म्यानपावरको अभाव छ भनिन्छ नी ?
म्यानपावर नै नभएको भए दैनिक कारोबार कसरी चल्ने थियो र ? नयाँ जनशक्ति कम भएको महसुस भएर नै हामीले करिव १५/२० जनाको हाराहारीमा नयाँ जनशक्ति थपिदै छ । हामीले विहिबारदेखि अनतवार्ता सुरु गरेका छौ । त्यसपछि सोही जनशक्तिबाट काम चलाउँछौ । आवश्यक परेको खण्डमा पदपुर्ति गर्दै जाने छौ । जनशक्तिको अभाव भने छैन । र हुन पनि दिन्न ।
समय समयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जविच शीत युद्ध चल्छ, आगामी दिनमा यसलाई बोर्डसँगको सम्बन्ध तपाईको कस्तो हुन्छ ?
तपाई सहित धेरै जनाको प्रश्न यही आउने गरेको छ । नेप्सेको महाप्रबन्धकको हैसियतमा भन्नु पर्दा मैले के बुझेको छु भने नेपाल धितोपत्र बोर्ड नेप्सेको नियमन निकाय हो । बोर्डको निति निर्देशन नेप्सेले नमान्ने भन्ने कुरा नै आउदैन । तपाई यस कुरामा ढुक्क हुनुहोस् । विगत के थियो मलाई थाहा भएन तर बर्तमान र भविष्य तपाईले हेर्नुहोस् सरकार धितोपत्र बोर्डसँग समन्यव गरेर नै अगाडी बढ्छु । उहाँहरुसँग मेरो व्यक्तिगत रुपमा पनि राम्रो छ भने संस्थागत रुपमा पनि राम्रो नै हुने छ ।
अन्तमा, नेप्सेलाई आधुनिकीकरणका लागि तपाईका योजनाहरु बुँदागत रुपमा भनिदिनुहोस् न
सवै कुरा त तपाईलाई भनेर साध्यै लाग्दैन । सबैभन्दा पहिले अनलाई टेडिडमा जाने छौ । हामीसँग जति जनशक्ति छ त्यसलाई राम्रोसँग परिचालन गर्छौ । लगानीकर्ताहरुले सुविधासम्पन्न तवरले दोस्रो बजारमा लगानी गर्न पाउने सुविधा दिने छौ । पुँजीवजारमा काम गर्ने संस्थाहरु विश्वभरमा जे जति छन् तिनिहरुको सदस्यता लिएर नेपालको नेप्से अन्तराष्टिय स्तरको छ भन्ने कुरा प्रमाणित गर्ने कोसिस गर्ने छौ । एनआरएनभएका देशमा तयहाँको लगानीगर्ने तरिकारहरु बुझेर नेपालमा पनि त्यस्तै प्रकारको व्यवस्था गर्नेछौ । नेप्सेलाई समय परिस्थिति अनुसार आधुनिकीकरण गर्दै जाने छौ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ