वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायन्स लाइफ इन्स्योरेन्सको सिइओमा प्रविणरमण पराजुली

अर्थटुडे
२०७४ मंसिर ४, सोमबार

काठमाडौं । प्रविणरमण पराजुली रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ((सीईओ) मा नियुक्त भएका छन् । कम्पनीले पराजुलीलाई ४ वर्ष अवधिको लागि सीईओमा नियुक्त गरेको हो ।

कम्पनीको सञ्चालन समितिले पराजुलीलाई सीईओमा नियुक्त गर्न गरेको प्रस्तावलाई बीमा समितिले स्वीकृत दिएको छ । पराजुली हाल नेपाल मर्चेन्ट बैंक संघको अध्यक्ष र नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको सिइओको रुपमा कार्यरत छन् । उनले दुई महिनामछि मात्र रिलायन्समा जिम्मेवारी समाल्ने छन् ।

बैंकिङ र पुँजी बजारका टाइकनको रुपमा चिनिने पराजुलीको लागि बिमा क्षेत्र नयाँ हो । तर उनले यस क्षेत्रमा पनि राम्रो गर्न सक्ने देखिएकोले कम्पनीले उनलाई नियुक्त गरेको हो ।

हाल यस कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृतमा निराजन कँडेल रहेका छन् । उनीसँग बैकङ क्षेत्रमा १२ बर्षको अनुभव छ ।

कम्पनीका अध्यक्षमा ताराचन्द केडिया छन् भने सञ्चालकहरुमा पवनकुमार अग्रवाल, भरत कुमार तोडी र सुन्दर प्रसाद कँडेल रहेका छन् ।

दुई अर्ब १० करोड अधिकृत पुँजी रहेको यस कम्पनीमा हाल प्रवद्र्धकको तर्फबाट १ अर्ब ४७ करोड रुपैयाँ लगानी छ । कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि ६३ करोड रुपैयाँको शेयर जारी गर्ने बताएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ